दफा
रणनीतिका उद्देश्यहरु

४. रणनीतिका उद्देश्यहरु

१ लागुऔषधको अवैध खेती, उत्पादन, ओसार–पसार र बेचविखनमा नियन्त्रण गरी यससँग सम्बन्धित अपराधमा कमी ल्याउने ।
२ जोखिम समूहमा लागुऔषधको प्रयोग (क्ष्लअष्मभलअभ या म्चगन ब्दगकभ) लाई न्यूनीकरण गर्ने ।
३. गुणस्तरीय, भरपर्दो एवं विश्वसनीय उपचार तथा पुनस्थापन सेवामा लागुऔषध प्रयोगकर्ताहरुको सहज तथा सरल पहुँच बढाउने ।
४ लागुऔषध प्रयोगकर्ता, निजको परिवार र समुदायमा एच.आइ.भी., हेपाटाइटिस, बी÷सी, तथा यौनजन्य रोग जस्ता संक्रमणको जोखिम न्यूनीकरण गर्ने ।
५ लागुऔषधको प्रयोगमा रोकथाम तथा नियन्त्रणसँग प्रत्यक्ष एवं परोक्ष रुपमा सरोकार राख्ने विभिन्न नीतिहरु वीच तादात्म्यता कायम गरी विभिन्न निकायहरु वीच सहकार्य र साझेदारी प्रवद्र्धन गर्ने ।
६ लागुऔषध प्रयोगकर्ताको संख्या, स्वरुप तथा असर वारे आवधिक तथा आधारभूत सर्भेक्षण गर्ने ।